दफा ८
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
८. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकारः
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) समितिबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने,
(ख) समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) समितिको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी समिति समक्ष पेश गर्ने,
(घ) समितिको काम कारवाहीको सम्बन्धमा विभिन्न निकायसँग समन्वय गर्ने,
(ङ) उपाध्यक्षको निर्देशनमा रही समितिको दैनिक प्रशासन, कर्मचारी प्रशासन र आर्थिक प्रशासन सम्बन्धी कार्य सञ्चालन गर्ने,
(च) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।